FAQs Complain Problems

समाचार

ग्यालरी

मिति: 08/08/2024 - 19:28
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८१/०३/२० गते अपाङ्गता समन्वय समितिका संयोजक श्री बाल कुमार मल्ल ठकुरी ज्यूको अध्यक्षतामा अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७७ बमोजिम ६ जनालाई परिचय पत्र वितरण गरियो।

मिति: 07/04/2024 - 15:55
,

आज मिति २०८१ असार १० गते कैलाश गाउँपालिकाको १४ औ गाउँसभाबाट आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८१ , विनियोजन विधेयक २०८१ उपर छलफल गरी कुल जम्मा ४८,७८,६७,७१८/- (अक्षेरुपी अटचालिस करोड अठहत्तर लाख सतसठ्ठी हजार सात सय अठार रुपैया मात्र) को बजेट वक्तव्य सहित योजना तथा कार्यक्रम सर्वसहत रुपमा पारित गरियो |

मिति: 06/24/2024 - 15:00
, , , , , , , , , , , , , , , , , , ,
मिति: 05/07/2024 - 15:39

डिभिजन वन कार्यालय राप्‍तीद्वारा आयोजित  स्थानीय तह र समुदायिक वनसँग समन्वय बैठक ! !

मिति: 04/08/2024 - 14:58
, , ,

कैलाश गाउँपालिकामा कार्यक्षेत्र बनाई कार्य गरिरहनु भएका संघसंस्थाहरु सँग २०८०/१२/०७ गते सम्पन्न भएको अन्तरक्रिया तथा छलफल कार्यक्रम ! !

मिति: 03/26/2024 - 13:52
, , , , , , , , , , , , , , , , , , ,

हिजो मिति २०८० चैत्र ६ गतेका दिक कैलाश गाउँपालिकामा विभिन्‍न योजनाहरु कार्यान्वयन गरिरहनु भएका निर्माण व्यवसायीहरु सँग गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रमको केही तस्विरहरु ! !

मिति: 03/20/2024 - 10:35
, , , , , , , , , , ,

 मिति २०८०/११/०४ गतेका दिन कैलाश गाउँपालिकाको १३ औं गाउँ सभा (हिउँदे अधिवेशन)का दिन कर्मचारी, शिक्षक, विद्यार्थी, विद्यालय, उपभोक्ता समिति, पत्रकारहरु (कुल २३ जना) लाई कैलाश सम्मान पत्र प्रदान गरी, साथै चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत ८ जना चेलीलाई सम्मान गरी गाउँ सभा सम्पन्‍न गरियो ! !

मिति: 02/26/2024 - 16:38
, , , , , , , , , , , , , , , , , , ,

"सहिद परिवारको जिबिकोपार्जन कार्यक्रम" अन्तर्गत कैलाश गाउँपलिकाको वडा नं. २, ३ र ६ का सहिद परिवारहरुलाई सिलाइ मेसिन र धान मकै कुटने पिसानी मिल गाउँपालिकाका अध्यक्ष ज्यु र उपाध्यक्ष ज्यु को उपस्थितिमा हस्तान्तरण गरियो ।

मिति: 02/26/2024 - 16:34
, , , ,

आज मिति २०८०/१०/२५ गतेका दिन चालु आ.व. २०८०/८१ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन ! !

मिति: 02/08/2024 - 19:19
, , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८०/०८/२४ गतेका दिन कैलाश गाउँपालिकामा आयोजित "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, आजको आवश्यकता" विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा भाग लिनु भएका सबै विद्यार्थीहरुलाई धन्यवाद !
प्रथम स्थान: श्री कमलादेवी माद्यमिक विद्यालय, कैलाश- २ का छात्रा विनुता गुरूङ्ग
द्वितीय स्थान: श्री व्यास माद्यमिक विद्यालय, कैलाश- ६ का छात्रा सावित्री बरुवाल
तृतीय स्थान: श्री भवानी माद्यमिक विद्यालय, कैलाश-३ का छात्रा हिरामाया सुनार
सान्त्वना: श्री कालिका माद्यमिक विद्यालय, कैलाश- ९ का छात्र अभिषेक घिसिङ्ग

मिति: 12/10/2023 - 16:55
, , , , , , ,

गाउँपालिकाका ९० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई वडा कार्यालय तथा निजहरुको घर मै पुगेर ब्ल्याङ्केट र हर्लिक्स वितरणका केहि झलकहरु.....यो कार्य तालिका बमोजिम १० वटै वडामा गरिने छ।

मिति: 12/05/2023 - 10:16
, , , , , , ,

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अनियान कार्यक्रमको थालनी ! !

मिति: 11/30/2023 - 11:14
,

विपन्‍नसँग अध्यक्ष कार्यक्रम अन्तर्गत कैलाश गाउँपालिका भित्र आर्थिक रुपमा विपन्‍न, लौङ्गिक हिंसाबाट प्रभावित, सामाजिक रुपमा बहिस्कारमा परेका पिछडिएका र अतिसिमान्तकृत समुदायका महिला, दलित, जनजाती, अपाङ्गता तथा बालबालिकाको लागि जिविकोपार्जन सुधार गर्ने उद्येश्यका साथ आज मिति २०८०/०८/१२ गते कुल १७ जना छनौट भई आएका लाभग्राहीहरु सँग कार्यक्रम सम्झौता गरियो।

मिति: 11/28/2023 - 15:46
, , ,

हिजो मिति २०८०/०८/०७ गतेका दिन कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बिच चालु आ.व. २०८०/८१ को स्विकृत नीति, योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्‍न गरियो।

मिति: 11/28/2023 - 14:01
, , ,

नयाँ नियुक्ति हुन भएका इन्जिनियर श्री अनिल प्रसाद जोशी, सव इन्जिनिर श्री सौगात स्याङतान र अनिष प्रजाको स्वागत कार्यक्रमको तस्विरहरु !

मिति: 11/24/2023 - 10:40
, , , , , , , , ,

आज मिति २०८०/०६/२४ गतेका दिन कैलाश ७, तामलाङ्गमा अवस्थित ङिको स्वास्थ्य चौकीमा गाउँपालिकाका अध्यक्षज्यूबाट वर्थिङ सेन्टर उद्घाटन गरिएको केही तस्विरहरु ! !

मिति: 10/11/2023 - 16:15
, , ,

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्‍तर्गत विभिन्‍न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा ब्याग र प्रारम्भिक बालविकास कक्षाका बालबालिकाहरुलाई स्मार्ट खरिपाटी तथा स्याङ्क म्याजिक बुक वितरण कार्यक्रमका केही झलकहरु ! !

मिति: 10/11/2023 - 16:07
, , , , ,

आज मिति २०८०/०६/२२ गते सोमवारका दिन कैलाश गाउँपालिका वडा नं.३ स्थित कालिकाटार बजार छेत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूको नेतृत्वमा गाउँपालिकाका योजना अधिकृत, कृषि तथा पशु शाखा प्रमुख, स्वास्थ्य शाखा प्रतिनिधि, वडाका वडा अध्यक्ष तथा पत्रकार एवं प्रहरी प्रशासन सहितको टोलीले बजार अनुगमन गरियो। बजार अनुगमनको क्रममा खाध्यान्न, मेडिकल, एग्रो भेट लगायत १५ वटा पसलहरुको अनुगमन गरियो। अधिकांश खाध्यान्न पसलमा विभिन्न प्रकारका अखाद्य वस्तु फेला पारी जफत गरी त्यसलाई नष्ट समेत गरियो।

मिति: 10/09/2023 - 16:35
, , , , , , , ,

संविधान तथा राष्ट्रिय दिवस २०८० को उपलक्षमा कैलाश गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा विभिन्न संघ संस्थाहरुद्वारा कालिकाटारमा अवस्थित कालिका मन्दिर लगायत सरकारी कार्यालय र विद्यालयको परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरियो|

मिति: 09/20/2023 - 11:38
, , , , , , , , , , , , , , , , , , ,

प्रमुख प्रशासकीय अधिकृत श्री अशोक विष्‍ट ज्यूलाई आगामी कार्यकालको शुभकामना सहित फेरी भेटौला कार्यक्रम। मिति २०८०/०५/१८

मिति: 09/05/2023 - 11:45
, , , ,

मिति २०८०/०४/१२ गते कैलाश गाउँपालिकाको आ.व. २०७९/८० को वार्षिक समिक्षा कार्यक्रमको केही तस्बिरहरु ! !

मिति: 07/31/2023 - 12:40
, , , , , , , , , , ,

आज मिति २०८०/०३/१२ गतेका दिन कैलाश गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा सभा सम्पन्न गरियो।

मिति: 06/27/2023 - 17:09
, , , , , , , , , ,

मिति २०८०/०३/०७ गते नीति तथा कार्यक्रम स्विकृत भइ आज मिति २०८०/०३/१० गते कैलाश गाउँपालिकाको गाउँसभाको १२औ अधिवेशनको दोश्रो बैठकबाट आ.व. २०८०/८१ मा ४८ करोड ५९ लाख ७५ हजार को बजेट वक्तव्य सहित योजना तथा कार्यक्रम सर्वसहत रुपमा पारित गरियो |

मिति: 06/27/2023 - 16:07
, , , , , ,
मिति: 05/31/2023 - 15:39
, , , , , , , , ,

कैलाश गाउँपालिकाको ४ नं. वडा कार्यालय र आधारभुत स्वास्थ्य चौकीमा हिजो मिति २०८०/०१/२८ गतेका दिन गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानज्यू, गाउँपालिका उपाध्यक्ष श्री बाल कुमार मल्ल ठकुरीज्य र ४ नं. वडा अध्यक्ष श्री तिलक बहादुर मुक्तानज्यूको उपस्थितिमा बिजुली बत्ती बाली कैलाश ४ मा विद्युत सेवा प्रसारणको उद्‍घाटन गरिएको केही तस्बिरहरु।

मिति: 05/12/2023 - 11:20
,

हिजे मिति २०८०/०१/२७ गते देखी कैलाश १० भाल्टारमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को सिप विकास तालिम अन्तर्गत ७ दिने साबुन बनाउने तालिम, १५ दिने डल कुसन बनाउने तालिम र ७ दिने बाख्रा पालन कार्यक्रम श्री कमल अर्यालज्यूको अध्यक्षता, प्रमुख अतिथि गा.पा. अध्यक्ष श्री लोक बहादुर मुक्तानज्यू र विषेश अतिथि प्र.प्र.अ. श्री अशोक बिष्‍टज्यूद्वरा कार्यक्रम सुभारम्भ गरियो।

मिति: 05/11/2023 - 12:05
, , , , ,

मिति २०८०/०१/०६ गतेका दिन नामटार कालिकाटार सडक योजना अन्तर्गत पर्ने नामटार खुमलटार सडक खण्डको (३.२ किमी) योजनाको सिलान्यास कार्यक्रम सम्पन्न गेरियो|

मिति: 04/21/2023 - 11:58
, , ,

आज मिति २०७९/१२/२९ गतेका दिन हेटौंडा सामुदायिक आँखा अस्पताल र कोरियन संस्था अनड्रिम ब्लाइन्डनेश प्रिभेन्सन प्रोजक्टको व्यवस्थापनमा कैलाश गाउँपालिका वडा नं. ३ मा रहेको कटुञ्‍जे स्वास्थ्य चौकीमा "कैलाश ग्रामिण आँखा केन्द्रको" उद्घाटन गरियो र उक्त उद्घाटन कार्यक्रममा संचालन गरिएको आँखा शिविरमा कुल १८६ जना सेवा ग्राहीहरुको आँखा परिक्षण हुदा २१ जना मोतियाबिन्दु पोजेटिभ भएका बिरामीलाई निःशुल्क उपचारको लागि हेटौडा सामुदायिक आँखा अस्पतालमा सिफारिस गरियो।

मिति: 04/12/2023 - 19:17
, , , , , , , , ,

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं. ४ मा सञ्चालित ८ दिने उद्यमसिलता विकास तालिम आज मिति २०७९/११/१६ गते सम्पन्‍न गरीयो।

मिति: 02/28/2023 - 18:27
, ,
ITO
मिति: 02/14/2023 - 21:36
मिति: 01/13/2023 - 18:24
, , , ,

बागमती प्रदेश सरकार सममुरक कार्यक्रम अन्तर्गत कैलाश गाउँपालिकाद्वारा  ठेक्का प्रकृयाबाट सञ्‍चालित "बेतिनि गिम्दी आमडाँडा थाक्ले सडक निर्माण योजना, कैलाश १०" रकम रु. १,७१,६७,६१८/- र "भार्ता सानो डाँडाखर्क कैलाश सडक निर्माण योजना, कैलाश ८ र २" रकम रु.१,९४,८

मिति: 01/06/2023 - 20:30
, , , , ,
मिति: 12/12/2022 - 13:13
मिति: 12/28/2018 - 20:48
मिति: 07/09/2018 - 22:25

योजना अनुगमन 

मिति: 03/31/2018 - 11:33
मिति: 09/10/2017 - 22:32