समाचार
कैलाश ग्रामिण आँखा केन्द्र उद्घाटन कार्यक्रम ! !
आज मिति २०७९/१२/२९ गतेका दिन हेटौंडा सामुदायिक आँखा अस्पताल र कोरियन संस्था अनड्रिम ब्लाइन्डनेश प्रिभेन्सन प्रोजक्टको व्यवस्थापनमा कैलाश गाउँपालिका वडा नं. ३ मा रहेको कटुञ्जे स्वास्थ्य चौकीमा "कैलाश ग्रामिण आँखा केन्द्रको" उद्घाटन गरियो र उक्त उद्घाटन कार्यक्रममा संचालन गरिएको आँखा शिविरमा कुल १८६ जना सेवा ग्राहीहरुको आँखा परिक्षण हुदा २१ जना मोतियाबिन्दु पोजेटिभ भएका बिरामीलाई निःशुल्क उपचारको लागि हेटौडा सामुदायिक आँखा अस्पतालमा सिफारिस गरियो।